Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले उपमहासचिव ज्ञवालीले भने - नयाँ गठबन्धनलाई टिकाउने चुनौती छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्।

उपमहासचिव ज्ञवालीले कुनैपनि खालको वाह्य शक्तिको दौडधुपविना नै यो समीकरण बनेको बताएका हुन् ।

उनले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रूपमा रहेको स्वीकार गरे ।

उपमहासचिव ज्ञवालीले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरू ठुलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए।

उपमहासचिव ज्ञवालीले काँग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल' प्रचण्ड' एमालेसँगको सहकार्यका लागि तयार भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077