Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रञ्जिता श्रेष्ठ विरामी भएपछि नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक स्थगित

धनगढी । नागरिक उन्मुक्ति पार्टी(नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

अध्यक्ष श्रेष्ठ विरामी परेर अस्पताल भर्ना भएकापछि बैठक स्थगित भएको हो ।

अध्यक्ष रञ्जीताले नयाँ गठबन्धनमा जाने वा नजाने र सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा आज टीकापुर केन्द्रीय समितिको बैठक आह्वान गरेकी थिइन्।

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट राज्यमन्त्रीसहित तीन जना मन्त्री थपेपछि उक्त पार्टीमा विवाद सिर्जना भएको छ।

अध्यक्ष श्रेष्ठले नेतृत्वसँगको सल्लाह बिना सरकारमा गएको भन्दै तत्काल फिर्ता हुन निर्देशन दिएकी थिइन् भने उनका श्रीमानसमेत रहेका पार्टी संरक्षक रेशम चौधरीले सरकारलाई समर्थन कायमै हुने भन्दै राम्रो काम गर्न निर्देशन दिएका छन्।

सोही विषयलाई लिएर नाउपामा विवाद देखिएको छ। नाउपाको बैठक स्थगित भएसँगै मुख्यमन्त्री कमलबहादुर शाहलाई भने राहत भएको छ । उनले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्‍याउने प्रयासलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077