Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डोटीमा भारतको सहयोगमा बन्ने क्याम्पस भवनको शिलान्यास

    डोटीमा भारतको सहयोगमा बन्ने क्याम्पस भवनको शिलान्यास

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 912
    SHARES

    काठमाडौँ । डोटीमा भारतीय दूतावासको सहयोगमा क्याम्पसको नवनिर्मित भवनको शिलान्यास भएको छ । भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार शिलान्यास भएको हो ।

    ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेपाली २ करोड ८९ लाख आर्थिक सहयोगमा निर्माण गरिने भवनको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शिलान्यास गरेका हुन् ।



    भारत सरकारको अनुदान सहयोगमा विभिन्न सुविधाहरुसहितको दुई तल्ले क्याम्पस भवनको निर्माण गरिने भएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो कार्यक्रमलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।



    कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष साउदले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार