Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुशल भुर्तेलले टी-२० आईमा पूरा गरे एक हजार रन

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले टी-२० करिअरमा १ हजार रन बनाएका छन् ।

पपुवा न्युगिनीविरुद्धको त्रिकोणात्मक टी-२० सिरिजमा ५९ रन बनाएका उनले १ हजार रन पनि पूरा गरेका हुन् ।

पपुवा न्युगिनीविरुद्धको खेलमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाएर आउट भए ।

कुशलले ३६ खेलमा १ शतक र ८ अर्धशतकसहित १०१ चौका र ४४ छक्का हान्दै १००८ रन बनाएका छन् ।

उनी नेपालबाट टी-२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरीले एक हजार ४७६ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077