Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री श्रेष्ठले भने – रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउन अझै जटिलता छ

    परराष्ट्रमन्त्री श्रेष्ठले भने – रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउन अझै जटिलता छ

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 537
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको स्पष्ट पारेका छन् ।

    मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सो कुरा स्पष्ट पारेका हुन् । उनले रुस–युक्रेनबिच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको बताए ।



    रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको उनको भनाइ छ ।



    नेपालस्थित रुसी राजदूतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीहरुलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको उनले बताए ।

    यस्तै युक्रेनको कब्जामा रहेका नेपाली नागरिकहरुको रिहाइका लागि पनि रुस सरकारसँग आग्रह गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार