Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वृद्धभत्ता वितरणमा ५१ हजार भ्रष्टाचार गर्ने वडाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्दै तत्कालीन वडाअध्यक्ष टोपबहादुर थापाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीविरुद्ध ५१ हजार रुपैयाँ बिगो कायम गरी बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४/७५, आव २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ताका साथै आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077