Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब नयाँ सरकार बनाउने कुनै प्रयास हुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अब नयाँ सरकार बनाउने प्रयास नहुने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा बोल्दै नेता भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने बताएका हुन्।

नेता भट्टराईले भने,‘अब अर्को कुनै सरकार बनाउने प्रयास हुँदैन । वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरिसकेको छ । सरकारलाई आउने चार वर्षसम्म सहज रुपमा चल्न दिने दायित्व एमालेको हो ।’

वर्तमान सरकारले नै मुलुकमा देखिएका समस्या हल गर्ने भट्टराईको दाबी छ ।

उनले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउन कुनै दाबीसमेत नगरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077