Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा खटिएका ५४ प्रहरीलाई एकसाथ हटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ जना प्रहरी अधिकारीलाई हटाइएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत रहेकाहरुलाई एकसाथ हटाएर नयाँ टोली खटाइएको हो ।

यसरी हटाइनेमा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म रहेका बताइएको छ । अझै केही प्रहरी विमानस्थलमा लामो समयदेखि कार्यरत रहेका छन् ।

उनीहरुलाई पनि विस्तारै हटाइने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । विमानस्थलमा प्रहरी अधिकृतहरु अवैध काममा सक्रिय हुने गरेको बेलाबेला आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077