Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रहरीको पाठ्यसामग्री विद्यालयहरुमा पढाइँदै, अपराध न्यूनीकरण हुने विश्वास

परासी । नवलपरासीका स्थानीय तहले लागू गरेका स्थानीय पाठ्यक्रममा प्रहरीको पाठ्यसामग्रीसमेत समावेश गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले पाठ्यसामग्री लागू गरेर अध्यापन गर्नका लागि दुई पालिकासँग सहमति गरेको छ ।

पहिलो चरणमा रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाका विद्यालयहरुमा उक्त पाठ्ययसामग्री अध्यापन गराउनका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार चैत महिनाभित्र अन्य पालिकासँग पनि सम्झौता गरी पुस्तकमा उल्लेख भएका विषयहरु अध्यापन गराइने बताइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको ‘स्थानीय तह प्रहरी विद्यालय कार्यक्रम पुस्तक’मा साइबरअपराधसहित विभिन्न सामाजिक अपराधहरु, घरेलुहिंसा, सामाजिक सद्भाव, विपद् जोखिम न्यूनीकरण, ट्राफिक व्यवस्थापनलगायतका विभिन्न २४ विषय समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077