Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मिर्गौला दिवसमा ओलीको आग्रह - मिर्गौला बिग्रिए जीवन कष्टकर बन्छ, स्वास्थ्यप्रति सचेत बनौं

काठमाडौं । नेकपा एमालेका अधयक्षा केपी शर्मा ओलीले मिर्गौला जोगाउन आफैं सजग हुनुपर्ने बताएका छन् । मिर्गौला दिवसका अवसरमा बिहीबार बिहानै समाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले यस्तो बताएका हुन् ।

उनले मिर्गौला बिग्रिए जीवन कष्टकर बन्ने भन्दै सचेत हुन आग्रह गरे । उनले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको बताउँदै डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो भएको उल्लेख गरे ।

'आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ,' उनले लेखेका छन्,'प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं !'

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077