Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बालुवा, रोडा नेपालकै विकासमा प्रयोग गर्नुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नदीजन्य निर्माण सामग्री निर्यात गर्नेगरी विधेयक ल्याउन नहुने बताएका छन्।

प्रतिनिधिसभामा प्रस्तुत भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयकबारे छलफलमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

उनले बालुवा, रोडा ढुंगा लगायतका नदीजन्य पदार्थ नेपालकै विकासका लागि उपयोग गर्नुपर्ने बताए।

सांसद पन्तले भने,‘नेपाल आफैं विकासोन्मुख देश हो। म्यासिभ रूपमा यसले निर्माण गर्नुपर्छ अनेकौं बाटाघाटा बाँध जलस्रोतका त्यत्रा योजना बनाउनुछ। त्यो बेला चाहिन्छ । केही नाफाका लागि भटाभट निकासी गर्ने छुट दियौं भने भोलि आफूलाई चाहिएको बेला यो सामग्री पाउँदैनौं र यसको विकल्प हामीसँग हुँदैन।’

उनले सही ढंगले प्रयोग गर्दा प्राकृतिक स्रोत निरन्तर पाइरहने तर बेठीक ढंगले प्रयोग गर्दा भने समाप्त भएर जाने र फेरि उत्पादन गर्न नसकिने बताए।

सांसद पन्तले बर्सेनि निकासीको कुरा आउनु छिमेकी मुलुकको दबाब हो की भन्ने शंका समेत व्यक्त गरे।

उनले अमेरिकाले आफ्नो देशको जोगाएर अरबबाट पेट्रोलियम पदार्थ आयात गर्ने उदाहरण प्रस्तुत गर्दै नेपालले पनि प्रकृतिजन्य पदार्थलाई नेपालकै विकासका लागि प्रयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077