Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेलाई नटेर्नेहरू सिद्धिने अध्यक्ष ओलीको चेतावनी

कञ्चनपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने बताएका छन्।

बिहीबार कञ्चनपुरको दोधारा चाँदनीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने बताए।

अध्यक्ष ओलीले भने, 'एमाले एउटा शक्ति हो, जसलाई पुरै आखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्। हामी लोकतान्त्रिक प्रणालीमा छौं। बहुदलीय व्यवस्थामा छौं। दलहरू फरक-फरक हुन्छन्। विचार फरक होला। तर, संविधानको रक्षा, देशको एकताका लागि राष्ट्रको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, जनताले साथ दिनुपर्छ।'

उनले एमालेलाई हेप्नेहरू धोका खानेसमेत बताए। उनले कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाट हट्नु परेको बताए।

अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077