Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुन तस्करीमा सहसचिव अधिकारीलाई कारबाही गर्न सिफारिस

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो ।

दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।

त्यसपछि उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरू पठाएको फेला परेको थियो ।

आयोग स्रोतका अनुसार, पानी तान्ने पम्पभित्र समेत लुकाएर सुन तस्करी भएको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077