Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुन तस्करीमा विध ल्यावका सञ्चालक भीमकान्तमाथि मुद्दा चलाउन सिफारिस

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

आयोगले बुझाएको प्रतिवदेनमा भण्डारीसहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको हो।  भण्डारीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए ।

उनले दावासँग ठूलो रकम लेनदेन र चिनियाँ तस्करीहरुबारे कुराकानी गरेको फेला परेको थियो । तर, ब्यूरोले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आयोगको निष्कर्ष छ ।

भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर समेत गरेको थियो । विशेष अदालतले उनलाई सफाइ दिएपनि अख्तियार त्योविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077