Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सीआईबी प्रमुख बज्राचार्यलाई हटाउने तयारी

काठमाडौं । सुन तस्करीमा संलग्नलाई जोगाएको भन्दै गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।

सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको सिफारिसका आधारमा एआईजी बज्राचालाई कारवाही गर्न लागिएको हो।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि एआईजी बज्राचालाई प्रमुखबाट हटाउने तयारी थालिएको गृह स्रोतले बतायो ।

एआईजी बज्राचार्यले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएर समेत छाडेको बज्राचार्यमाथि आरोप छ । चलाउनेलाई सिआइबीले बोलाएर थुनामा नराखी छाडिदिएको थियो ।

त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक एसपी सञ्जय सिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

[insert page='279681' display='yopanipadhnuhos.php']

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बुधवार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा सीआईबीको कमजोरीका कारण सुन तस्करीका विचौलिया जीवन चलाउने फरार भएको उल्लेख छ ।

माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो। ६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सिआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077