Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको दबाब

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको छ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीलाई यस्तो आग्रह गरेका हुन् । उनले सरकारबाट राजीनामा दिन आलटाल गरे आफूहरूले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए ।

यो सरकार राजनीतिक हिसाबले अल्पमतमा परिसकेको उनको भनाई छ । उनले सङ्घीय सरकारको गठबन्धनको आधारमा बहुमत पाइरहेको र अहिले गठबन्धन भत्किए र अर्को गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्की विरुद्धमा ५८ मत पुगिसकेको दाबी गरे।

आफूहरूले ढिलो गरेको कारण प्रदेशको नेतृत्व कुन पार्टीले गर्ने भन्ने विषयका टुङ्गो नलागेको कारण भएको उनले सुनाए ।

उनले सहमति अनुसार एमालेको भागमा कोशी प्रदेश परे पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने उनले बताए ।

हिक्मत कार्की मुख्यमन्त्री बन्न नसक्ने भनेर प्रकाशित समाचारहरूमा सत्यता नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077