Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

म सबै कम्युनिष्टहरूलाई मिलाउन तयार छु : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू देशका सबै कम्युनिष्टहरु मिलाउने पक्षमा रहेको बताएका छन्।

पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले आफूलाई कुन पद ओगटेर बस्ने इच्छा नभएको बताए।

अध्यक्ष नेपालले भने, ‘एमालेमा गएका मुकुन्द न्यौपाने र केदार न्यौपानेको बेहाल छ। अहिले मलाई सबै कुरा विचार नगरी नफस्नुहोला भन्छन्। हामी देशका सबै कम्युनिष्टहरुलाई मिलाउने भए तयार छौँ। सबै कम्युनिष्टलाई गोलबद्ध गराउने भए तयार छौँ। देश बनाउनु छ हामीलाई। कुनै पद ओगटेर बस्नु पनि छैन। हामीलाई प्रधानमन्त्री चाहिएको पनि होइन। पार्टी अध्यक्ष पनि चाहिएको छैन।’

उनले देशको परिवर्तनमा इमानदार नेता कार्यकर्ता चाहिएको जिकिर गरे। अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्तालाई इमानदार भएर पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077