Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुन तस्करीमा कारबाही सिफारिस भएकी सीआईबी प्रमुख बज्राचार्यको सरुवा

काठमाडौं । मन्त्रिपरिषदको बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको सरूवा गरेको छ।

एआइजी श्यामलाल ज्ञवाली र सीआईबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई सरूवा गरिएको हो ।

ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा सरूवा गरिएको छ भने बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077