Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा बस्दै

    सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा बस्दै

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 591
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ः३० बजे बैठक बस्न लागेको हो ।



    साझा न्यूनतम नीति तथा कार्यक्रमलाई गठबन्धनका शीर्ष नेताहरूसमक्ष प्रस्तुत गर्नु पूर्व कार्यदलको बैठक बस्न लागेको हो ।



    गठबन्धन निर्माणका क्रममा साझा न्यूनतम नीति तथा कार्यक्रम बनाएर सरकार अघि बढ्ने सहमति भएको थियो । नयाँ गठबन्धनको कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा.मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार