Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गठबन्धनको कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रम

    गठबन्धनको कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रम

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 345
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेतालाई बुझाएको छ ।

    दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझाइएको हो ।



    कार्यदल न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई बुझाएको छ ।



    कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

    सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार