Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमा एक दर्जन सहसचिव बेरोजगार, अध्यागमन विभाग नेतृत्वविहीन

काठमाडौं । नयाँ जोसका साथ गृह मन्त्रालय सम्हालेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मन्त्रालयलाई गति दिन सकेका छैनन् ।

करिब दुई हप्ता हुन लाग्दा पनि मन्त्रालयमा कुनै प्रगति देखिएको छैन । कतिसम्म भने कर्मचारीको व्यवस्थापन समेत हुन सकेको छैन । मन्त्रालयमा एक दर्जन सहसचिवहरू हाजिर गर्दै फर्कने गरेका छन् ।

सहसचिवहरू अरुण पोखरेल, खिमबहादुर रायमाझी, नारायण ढकाल, बुद्ध बहादुर गुरुङ, नरबहादुर थापा, धुव्रबहादुर खड्का, राजुराम कडरीया, सूर्यबहादुर खत्री, ऋषिराज आचार्य, केदारनाथ शर्मा, कोषहरी निरौलाले जिम्मेवारी नपाउँदा हाजिर गरेर घर फर्कने गरेका छन् ।

उता अध्यागमन विभाग भने एक महिनादेखि नेतृत्वविहीन छ । विभागका महानिर्देशक रुद्रसिंह तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । मन्त्रालयले नयाँ महानिर्देशक पठाउन सकेको छैन ।

जस कारण अध्यागमनमा बेथिति समेत बढेको छ । गृहले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा तयारी गरिरहेको छ । तर, कुन आधारमा सरुवा गर्ने भन्ने मापदण्ड नबन्दा सरुवामा ढिलाइ भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077