Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा महरालाई कानुनी दायरामा ल्याउने तयारी

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायले गम्भीर छलफल गरेको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले चिनियाँ सुन तस्करसँगको कनेक्सनमा रहेका महराले नेपालमा अवैध रूपमा सुन ल्याउन भूमिका खेलेको भन्दै कारबाही गर्न सिफारिस गरेपछि सुरक्षा निकायले महरालाई पक्राउ गर्ने विषयमा छलफल गरिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगले दिएको सुझावका आधारमा सबैलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले कारबाही अघि बढाउने तयारी गरेको हो ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै पक्राउ गरी कारबाही गर्न सिफारिस भएकामध्ये दिपेश पुन र जीवन गुरुङ पक्राउ परिसकेका छन् ।

प्रहरी उच्च अधिकारीका अनुसार पूर्व सभामुखसमेत रहेका महरालाई पक्राउ गर्नुअघि प्रधानमन्त्री प्रचण्डसँगसमेत राय लिने काम भएकाले प्रहरी निष्कर्षमा पुग्ने छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077