Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपचारका क्रममा जसपा सांसद अन्सारीको निधन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट सांसद रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान अन्सारीको निधन भएको हो ।

जसपाले अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको थियो।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहेका शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई सांसद बनाइएको थियो।

यसैबीच सभामुख देवराज घिमिरे आइतबार सिभिल अस्पतालमा पुगेर परिवारजनमा शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077