Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल टेलिकमका अधिकृतविरुद्ध १ करोड ६१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

टेलिकमका अख्तियारले प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एण्ड थोकर कन्ट्रक्सनमा समेत कार्य गरी व्यापार व्यवसाय गरेको र सूर्यबिनायक-धुलिखेल–सिन्धुलीबर्दिवास रोड प्रोजेक्टमा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो ।

सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, बमोजिम व्यापार व्यवसाय संचालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधान विपरीत एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा गैरकानूनी व्यापार व्यवसाय गरेको देखिएको अख्तियारले जनाएको छ ।

सोहीअनुसार आयोगले सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा बिगो कायम गरी आर्जन गरेको सम्पत्तिसमेत जफत हुन मागदाबी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077