Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित गोदावरीबाट ३ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले नक्कली नोट छापेर कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ३ टौखेल बस्ने ३७ वर्षीय करण प्रधान, काभ्रे मण्डनदेउपुर नगरपालिका-११ तिमिल्सिना गाउँ बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपा नगरपालिका-५ बस्ने २५ वर्षीय सबिन हुमागाईं छन्।

गत बिहीबार गोदावरीमा नक्कली नोटबाट कारोबार गर्न खोजेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त खबरपछि प्रहरी प्रभाग बाडेगाउँ र परिसरबाट संयुक्त टोली खटिएको थियो।

प्रहरीले करणबाट एक हजारको २० थान नक्कली नोट बरामद भएको थियो। उनीबाट केही सक्कली नोट समेत बरामद भएको थियो। उनको घरबाट प्रहरीले ११५ वटा एक हजारका नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूले ठूलो मात्रामा छापेको देखिएको छैन। उनीहरूले सामान्य एफोर साइजको कागजमै उक्त नगदको प्रिन्ट गरेको पाइएको हो। प्रहरीले उक्त पसलबाट ४०० थान कागज पनि बरामद गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077