Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज नेपाल आइपुग्दै आईसीसी अध्यक्ष ग्रेग

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क्ले आज नेपाल आइपुग्ने छन् ।

भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज अपराह्न काठमाडौँ ओर्लिन लागेका हुन् ।

उनी चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ र क्रिकेट सङ्घका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

अध्यक्ष बार्कलेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077