Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गगन थापाको प्रश्न - सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबाट कसरी निष्पक्ष छानबिन होला ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने आफैं कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् भनेर प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने डर आफूलाई भएको बताए ।

महामन्त्री थापाले भने, 'सहकारी ठगीमा आफैं मुछिएका गृहमन्त्रीले कसरी फेयर ढंगले छानबिन हुन्छ भन्ने विश्वास गर्ने ?'

सांसद थापाले सुन काण्डमा सरकारले गरेको कामको प्रशंसा गर्दै यसैगरी सहकारी ठगीमा संलग्न जो कोहीलाई पनि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गरे ।

थापाले सुन काण्डमा मुछिएकाहरू कसैलाई पनि छाड्न नहुने बताए। महामन्त्री थापाले तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा कुरा नउठाएको भए सुन काण्ड फासफुस हुने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077