Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले सशक्त आवाज नउठाएको भए सुन काण्ड फासफुस हुनेरहेछ : गगन थापा

​​काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा सशक्त आवाज उठाएकै कारण सुन काण्डमा शक्तिशाली नेताहरू पक्राउ पर्न शुरू गरेको बताएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । प्रतिपक्षी दलले संसद्‌मा सशक्त कुरा नउठाएको भए सुन काण्ड फासफुस हुने कुरा प्रमाणित भएको महामन्त्री थापाको भनाइ थियो ।

महामन्त्री थापाले प्रतिपक्षले सशक्त कुरा उठाएकै कारण सुन तस्करी छानबिनका लागि आयोग बनेको भन्दै एमालेलाई धन्यवाद दिए।

महामन्त्री थापाले भने, ‘केही समय अगाडि प्रतिपक्षी ठाउँबाट एमालेले सदनमा सशक्त ढंगले कुरा उठायो– शक्तिशालीलाई लुकाउन खोजिँदैछ । शक्तिशालीलाई लुकाउन प्रपञ्च गरिएको तत्कालीन प्रतिपक्षको आशंका अहिले सही सावित भयो । हामीले भर्खर समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ परे, सरकारलाई धन्यवाद छ। हामीलाई एउटा कुरा लुकाइएको रहेछ । त्यो बेलामा प्रतिपक्षले जोडदार नउठाएको भए सुनकाण्ड फासफुस हुनेरहेछ ।’

कांग्रेस अहिले प्रतिपक्षमा रहेको र प्रतिपक्षबाट त्यस्तै जोडदार कुरा नउठाए अर्को काण्ड फासफुस हुने खतरा रहेको थापाले बताए ।

उनले रवि लामिछाने समेत जोडिएको सहकारी ठगी काण्ड फासफुस हुने खतरा रहेको भन्दै संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को जवाफ माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077