Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् ।

गुरुङलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

१४ किलो सुन तस्करी प्रकरणमा संलग्न  गुरुङले १५ लाख रुपैयाँ धरौटी बुझाएपछि छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो ।

गत २१ मंसिरमा विमानस्थलमा बरामद भएको १४ किलो सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो ।

उनी १४ किलो सुन तस्करीका योजनाकार रहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077