Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेसपाको केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण, संयोजकमा बाबुराम !

काठमाडौँ । नेपाल समाजवादी पार्टीले वर्तमान केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ ।

शनिबार महिन्द्र राय यादव समूहले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि सोमबार काठमाडौँको जुडिबुटीमा बसेको बैठकले केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरेको हो ।

आयोजक समितिको संयोजक डा. बाबुराम भट्टराई रहेका छन् । सो बैठकमा महाधिवेशनको तयारी सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।

नेसपाको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष यादव समूहको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो । सो बैठकले माओवादीसँगको एकता खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077