Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २४ घाइते

बागलुङ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सोमबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ ।

घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरीको भनाई छ । बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077