Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विदेशी बन्दीगृह र उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउनू : श्रममन्त्री अर्याल

    विदेशी बन्दीगृह र उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउनू : श्रममन्त्री अर्याल

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 438
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् ।

    सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको बिषयमा सरकार जानकार हुनुपर्ने बताउँदै श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका बिषयमा समेत जानकारी गराउन निर्देशन दिएका हुन् ।



    गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन उनले भनेका छन् ।



    सबै गन्तब्य मुलुकबाट तथ्यांक संकलन उद्धार तथा समस्या समाधानको योजना बनाइने उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार