Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुन प्रकरणमा पक्राउ परेका महराबारे माओवादीले लिन सकेन निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे महरासँग सल्लाह गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पदाधिकारी बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाको बारे छलफल गर्ने निर्णय गरेको हो ।

बैठकमा उपाध्यक्ष महरा सुन प्रकरणमा पक्राउ परेकोलगायत विषयमाथि छलफल भएको थियो ।

बैठकमा केही पदाधिकारीहरूले महरालाई उपाध्यक्ष पदबाट पार्टीले निलम्बन गर्नुपर्ने विषय राखेका थिए।

तर बैठक बिनानिष्कर्ष सकिएको छ। महरालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।

सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077