Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेसपामा बहुमत जुटाउन महिन्द्र पक्षले थाल्यो हस्ताक्षर अभियान

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवले केन्द्रीय समितिमा बहुमत पुर्‍याउन हस्ताक्षर अभियान सुरु गरेका छन्।

बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठकले अर्का अध्यक्ष यादव पक्षका नेताहरुलाई निष्काशन गरेपछि काउन्टर तयारी थालेका हुन् ।

महिन्द्र पक्षधरले मंगलबार बिहान नयाँ बानेश्वरमा आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ ।

भट्टराई पक्षको केन्द्रीय समितिको बैठकले यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवलगायत नेताहरुलाई हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077