Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इजाजत पाएका हतियारको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले मंगलबार हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

हतियार तथा खरखजाना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ ।

पत्रमा भनिएको छ,‘हालसम्म हातहतियार तथा खरखजानाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएको कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाइ पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ।’

मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो । सोमबार सर्वोच्च अदालत परिसरबाट इजाजत लिइएको हतियारसहित दुई जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077