Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हतियारसहित पक्राउ परेका प्रसाईंका बडीगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई अदालतले मंगलबार पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सोमबार सर्वोच्चमा हतियार बोकेर जान खोजेका दुर्गा प्रसाईंका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमालमाथि प्रहरीले हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

उननीहरू सोमबार बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्न खोजेका थिए ।

सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले जाँच गर्ने क्रममा उनीहरूबाट इजाजत प्राप्त बन्दुक बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077