Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एमाले नेता पन्तले भने - जिम्मेवार प्रतिपक्षीले पूर्वाग्रह राखेर राजीनामा माग्दैन

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका छन्।

नेता पन्तले संसदमा प्रतिपक्षीले राखेका विषयमा सरकारले ध्यान दिनुपर्ने भए पनि विना प्रमाण पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन्।

राजीनामा मागेर काम नै गर्न नदिने परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ छ।

तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरूलाई पनि हेर्नुपर्ने नेता पन्तले बताए।

उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका विषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077