Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठूला माछाको संरक्षणका लागि महरालाई फसाइयो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशंका गरेका छन्।

पार्टी बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले सबैमाथि छानबिन गरेर कारबाही गर्नसक्ने उच्चस्तरीय अंग बन्नुपर्ने बताए।

महरा पक्राउबारे अध्यक्ष भट्टराईले भने,‘यहाँ त के छ भने एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ । आफ्नालाई चोख्याउने, अरुलाई फसाउने गरेर त के हो के हो?’

साना माछा, ठूला माछा भन्ने पनि रहेको भन्दै भट्टराईले ठूला माछा संरक्षणका लागि साना माछा फसाइएको पनि हुनसक्ने आशंका गरे ।

सुन जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी उपाध्यक्ष महरामाथि छानबिन गर्न सिफारिस गरेको थियो ।

आयोगले प्रतिवेदन बुझाएको केही दिनपछि सोमबार महरा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077