Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेश सरकारले दिंदै आएको सुराकी खर्च कटौती

जनकपुरधाम । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिंदै आएको खर्च कटौतीको निर्णय गरेको छ ।

सुराकी खर्च बुझ्नेमा मन्त्री र सचिव नै भएपछि मधेश प्रदेश सरकारले मंगलबार सुराकी खर्च नै खारेज गरिदिएको हो ।

एमालेबाट भौतिक पूर्वाधार तथा विकास मन्त्रीको कार्यभार सम्हालेको सरोजकुमार यादवलाई गृह तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ।

गृह मन्त्रालयको कार्यभार सम्हाल्न मंगलबार मन्त्रालय पुगेका मन्त्री यादवले सुराकी खर्च खारेज गर्ने नै पहिलो निर्णय गरेका हुन् ।

मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो ।

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मन्त्री, राज्यमन्त्री र सचिवले आफूखुशि बुझ्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077