Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमण स्थगित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भ्रमण स्थगित गरेको जानकारी गराएको हो ।

यसको पछाडि खराब मौसमलाई कारण मानिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘पारो विमानस्थलको खराब मौसमलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमण स्थगित गर्ने निर्णय दुवै पक्षको सहमतिमा भएको हो ।’

परराष्ट्र मन्त्रालयले दुवै पक्षले प्रधानमन्त्री मोदीको भ्रमणको नयाँ मिति तय गर्न काम गरिरहेको बताएको छ।

प्रधानमन्त्री मोदी २१ र २२ मार्चमा भुटान भ्रमणमा जाँदै थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077