Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैधरुपमा नेपाल प्रवेश गर्ने नाइजेरियन नागरिक पक्राउ

झापा । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।

झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले नाइजेरियन नागरिक अनेकोर सिमोन ओगेचुकु र भारतीय नागरिक सनम राईलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका– १ डिल्लीगौडा भन्ने ठाउँबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ ।

भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मणिग्राम पञ्चायत मारा पुल बस्ने राईले नाइजेरियन नागरिक ओगेचुकुलाई डब्लुबी ७४०७५८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध बाटो भएर नेपाल प्रवेश गराउन खोजेका थिए ।

नाइजेरियन नागरिक ओगेचुकुबाट ४ हजार ५ सय भारतीय रुपैयाँ,दुई थान मोबाइल,एक थान एनआइसी एसिया,एक थान नाइजेरियन पासपोर्ट, भिसा र भारतीय नागरिक राईको साथबाट एक थान मोबाइल, भारतीय एटिएम, भारतीय रुपैयाँ १४ हजार ४२० फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077