Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आलोपालो प्रधानमन्त्रीबारे केपी ओलीको टिप्पणी - धारामा पानी थाप्न लाइन बसेजस्तो होइन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आलोपालो संस्कृतिले संस्कारको रुप लिन थालेको भन्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले राजनीतिमा आलोपालोको विषयले गलत सन्देश दिइरहेको औंल्याएका हुन् ।

प्रधानमन्त्री मात्र नभएर मुख्यमन्त्रीका साथै अन्य सङ्घ संस्थामा पनि आलोपालोको चर्चा भइरहेका बेला अध्यक्ष ओलीले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ । तर राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन ।’

अध्यक्ष ओलीले नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्ने पनि बताएका छन् ।

उनले राजनीतिमा धारामा पानी थाप्न लाइन बसे जस्तो नभएको जिकिर गरेका छन् ।

नयाँ गठबन्धनमा संघ तथा प्रदेशमा समेत आलोपालोको विषयले चर्चा पाइरहेको बेला उनको यो टिप्पणीले के सन्देश दिन खोजेको हो भन्ने अन्योल बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077