Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीसँग विप्लव र प्रकाण्डले गरे भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् ।

उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो । विप्लव माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा सहभागी रहेको समाजवादी मोर्चाको संयोजक हुन्।

उनी गत फाल्गुण ६ संयोजक चयन भएका हुन्। नेकपा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने, संक्रमणकालीन न्याय लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न उनी गएका हुन्।

चार/चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्हालेका मोर्चाको संयोजक थिए।

नयाँ सत्ता समिकरण बनेसँग वामपन्थीको एकता गर्नुपर्ने भन्दै दलहरुबीच छलफल चलिरहेको छ। छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लाे समय कम्युनिष्ट घटकबीच एकताकाे सम्भावनासम्बन्धी चर्चाबीच याे भेटलाई अर्थपूर्णरूपमा लिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077