Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेले बोलायो सचिवालयको बैठक

काठमाडौं । नेकपा एमालेले आइतबार सचिवालयको बैठक बोलाएको छ।

आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको सांगठनिक गतिविधि, आगामी वैशाख ८ र ९ गते बस्ने महाधिवेशन प्रतिनिधि परिषद् बैठक र वैशाख १० गते पार्टी स्थापना दिवसको तयारी र समसामयिक राजनीतिबारे छलफल हुनेछ।

यता नेकपा एमालेलाई समाजवादी मोर्चामा भित्र्याउने कसरत अगाडि बढेको छ।

नयाँ सत्ता समीकरणमा वामपन्थी दलहरुको बाहुल्यता भएसँगै एमालेलाई समाजवादी मोर्चामा ल्याउन छलफल अगाडि बढेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077