Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कांग्रेसले शुक्रवार प्रदेश प्रमुखलाई शुक्रवार पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको हो ।

‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ ।

सत्ता समीकरण बदलिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीनजना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए । तर राजीनामा नदिएपछि उनले तीनैजना मन्त्रीलाई पदमुक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077