Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भोली चीनको औपचारिक भ्रमणमा जाँदै उपप्रधानमन्त्री नारायणकाजी

    भोली चीनको औपचारिक भ्रमणमा जाँदै उपप्रधानमन्त्री नारायणकाजी

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 411
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोली चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।



    उनलेले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।



    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

    साथै भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार