Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कौडाको खालबाट पाँचजना समातिए, नगद २० हजार बरामद

काभ्र । काभ्रको बनेपाबाट कौडा खेलिरहेको अवस्थामा पाँचजना पक्राउ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति पौने १२ बजे धुलिखेल नगरपालिका ९ ढुङगाखानीस्थित शुसिल रानाभाटले संचालन गरेको शुभान होटेलको १०२ नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

केही मानिसहरु जम्मा भई कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट २० हजार ६८० रुपैयाँ बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077