Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले उपमहासचिव ज्ञवालीले भने - प्रमाणसहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाणसहितको उजुरी परेको भए राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार बसेको सचिवालय बैठका निर्णयहरू सार्वजनिक गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् । तर अहिले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको उनले बताए ।

उपमहासचिव ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’

तर अहिलेसम्म गृहमन्त्री लामिछानेविरुद्ध त्यो स्तरको उजुरी वा मुद्दा दायर नभएको र कुनै नियामक निकायले उनलाई बयानका लागि नबोलाएको उनले बताए ।

सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै उपमहासचिव ज्ञवालीले यसको छानबिन हुने बताए ।

अहिले कांग्रेसले राजनीतिक प्रतिशोध साँध्नका लागि संसदमा अवरोध गरेको उनले दावी गरे।

एमालेको अहिलेको एकमात्र ध्यान सुशासन, विकास समृद्धि र जनतामा भरोसा जगाउने विषयमा मात्रै रहेको भन्दै कुनै पदका लागि एमालेले ध्यान नदिने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077