Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चले फैसला सुनाएपछि लिङदेन किन भए खुशी ?

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा फैसला सुनााएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले खुसी व्यक्त गरेका छन् ।

झापाको दमकस्थित बी एण्ड सी मेडिकल कलेजको पक्षमा सर्वोच्चले गरेको फैसलाप्रति झापाबाट निर्वाचित सांसदसमेत रहेका लिङदेनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् ।

सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको थियो ।

इजलासले प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारका नाउँमा आदेश दिएको थियो ।
लिङदेनले मंगलबार बिहान सामाजिक सञ्चालमा लेखेका छन्,‘बीएण्डसी मेडिकल कलेज मान्यता प्राप्तिको बाटो खुलेको समाचारले खुसी भएको छु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077