Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुर 'ग्याङ फाइट' प्रकरण : होटल सञ्चालकसहित ४ आरोपी सार्वजनिक

काठमाडौं । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

वारदात पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ। यस घटनामा अनुसन्धानका लागि थप ८ जनालाई पनि नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077